नियम १४६
टाइम स्केल
(१) टाइम स्केल अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने व्यक्तिले सामान्यतयाः स्केलमा लेखिएको न्यूनतम तलब पाउने छ । तर अख्तियारवालाले कारणसमेत जनाई लिखित अनुरोध गरेमा असाधारण योग्यता वा क्षमता प्रदर्शन गरेका व्यक्तिहरूको हकमा मात्र नेपाल सरकारले निजको प्रारम्भिक तलबलाई टाइम स्केलभित्रको कुनै माथिल्लो स्थानमा तोक्न सक्नेछ ।
(२) माथिल्लो तलबको कुनै पदमा बढुवा पाउने प्रहरी कर्मचारीले बढुवा भएको पदेको सुरु तलब पाउनेछ।
तर निजले हाल पाइरहेको तलब माथिल्लो तलबको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा माथिल्लो तलबमा निजको तलब निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ:-
(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबको सुरु तलब बराबर मात्र भएमा सो तलबमा माथिल्लो पदको एक तलब वृद्धि थप गरेर,
(ख) साविक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलब भन्दा बढी भएमा माथिल्लो पदको तलब निर्धारण गर्दा हाल पाइआएको तलब नपुग सम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत थप गरेर।